केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डोटीको बोगटानमा जीप दुर्घटना, ९ को मृत्यु ४ घाईते

सहयात्रा टिभी

डोटी । डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना भएको छ । सो जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । अछाम बुढी गंगा नदीमा सरकारी लगानीबाट निर्माण हुन लागेको बुढीगंगा जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने जमिनको मुआव्जा बुझ्नका लागि डोटी जिल्ला सदरमुकाम आएका उनीहरु मुआव्जा बुझेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

मृत्यु हुनेहरुमा गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ वर्षीय बिष्णुबहादुर मगर, ५५ वर्षीय भिम घर्ती मगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय सशीराम बहादुर पुनमगर, ४५ वर्षीय ललीता देबी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्ती मगर र शिखर नगरपालिका १-कपल्लेकीका २८ बर्षिय चालक कृष्णबहादुर नेघीको घटना स्थलमै मृत्यु भएको डोटी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै घाईते हुनेमा दलबहादुर घर्ती मगर, हर्कबहादुर घर्ती मगर, वीरबहादुर घर्ती मगर, प्रकाश घर्ती मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जी दुर्घटनामा परेको हो ।

प्रकाशित : 5 August, 2017

प्रतिक्रिया दिनुहोस्