केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेरि ४ बालिकाको ज्यान लियो निर्माणाधिन सडकका खाल्डोले, मृतकको शव सडकमा राखेर प्रदर्शन

सहयात्रा टिभी

रौतहट । रौतहटमा सडकको खाल्डोमा डुबेर ४ जना बालिकाको ज्यान गएको छ । उनिहरुको सडकमा खनिएको ठूला खाडलमा परि ४ बालिकाको ज्यान गएपछि गरुडाका स्थानीय आक्रोशित बनेका छन् । मृतकका आफन्त तथा स्थानियहरले चारै जना बालिकाको शव इलाका प्रहरी कार्यालय गरुडा अगाडी सडकमा राखी प्रदर्शन गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण बालिकाहरुको ज्यान गएको भन्दै आफन्त र स्थानीयहरुले कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । स्थानियले पटक पटक ठकेदारलाई सडकका खाल्डा पुर्न सचेत गराएपनि अटेर गरेको आरोप लगाएका छन् । शनिबार सडकको खाल्डोमा डुबेर ४ जना बालिकाको मुत्यु भएसंगै ब्याबस्थापिका संसदमा संसदहरुले समेत लार्पबाही गर्ने सडक डिभिजन कार्यालय र ठेकेदारलाई कडा भन्दा कडा कारवाही र पीडितलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग राखेका छन् ।

 

 

प्रकाशित : 7 August, 2017

प्रतिक्रिया दिनुहोस्