केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसद्धारा प्रदेश नं २ का ८ वटै जिल्ला पार्टी निकायकालाई साउन २९ भित्र उम्मेदवारको नाम टुंगो लगाउन निर्देशन

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले स्थानिय तहको तेस्रो चरण अन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले सवै उम्मेदवारको नाम टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा असोज २ मा हुने चुनाव तथा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ । त्यस्तै, काँग्रेसले यसअघिको पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको परिपत्र बमोजिम सवै प्रक्रिया पूरा गरी उम्मेदवारको नाम टुङ्गो लगाएर साउन २९ गतेभित्र केन्द्रमा पठाइसक्न प्रदेश नं २ का आठवटै जिल्ला पार्टी निकायका स्थानीय संयन्त्रलाइ निर्देशन दिएको जनाएको छ ।

 

 

प्रकाशित : 9 August, 2017

प्रतिक्रिया दिनुहोस्