केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुटवलमा एक युवक मृत फेला

सहयात्रा टिभी

रुपन्देही । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ काहुले तिरतिरेका २७ वर्षका बिष्णुप्रसाद पाण्डे साथीकोमा बस्न गएका वेला दुई दिन पछि मृत भेटिएका छन् । दुई दिनसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा बुटवलको तिनाउमा फेला परेको मृतकका दाजु जिवलाल पाण्डेले जानकारी दिएका छन् । उनको हत्या भएको आशंकामा प्रहरीकोमा जाहेरी दिएको परिवारले बताएको छ भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित : 9 August, 2017

प्रतिक्रिया दिनुहोस्