बैंकका कर्मचारीलेनै निकाले नक्‍कली चेक बनाई ४० लाख

सहयात्रा टिभी

बर्दिबास । महोत्तरीको बर्दिबास स्थित राष्ट्रिय बाणिज्य बैंकका दुई जना बरिष्ट साहयक कर्मचारीले आधिकृत रुपमा ग्राहकको खाताबाट नक्‍कली चेक बनाई बंकवाट ४० लाख रकम निकालेका छन् । रकम निकालेको आरोपमा बैंकका दुई जना कर्मचारी प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको साँढा-२ का श्री प्रकाश नारायण सिंहको नाममा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा रहेको बचत हिसाव नंम्बर ८०३९४ को नक्कली चेक बनाएर हस्ताक्षर गरेर उनीहरुले उक्त रकम निकालेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४८ बर्षीय जगदिश काफ्ले र क्राभेपलान्चोकको धुलिखेल नगरपालिका-११ का ३५ वर्षिया अम्बिका पौडेललाई खाताको रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएके छ ।उनिहरुले आफुसहित अन्य पाँच जना कर्मचारी पनि संलग्न रहेको बताएका छन् । बैंकिङ कसुर गरेको अभियोगमा उनीहरुमाथि मुद्धा दर्ता गरि अनुसन्धान सुरु भएको छ ।

प्रकाशित : 11 August, 2017

प्रतिक्रिया दिनुहोस्