संविधान संशोधन विधेयक अघि बढाउने सहमति, राजपा चुनावमा सहभागी हुने

सहयात्रा टिभी

काठमाडौं । सत्तारुढ मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र एवं राष्ट्रिय जनता पार्टी नेपाल विच संविधान संशोधन विधेयक अघि बढाउने सहमत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने र प्रदेश नम्बर २ को स्थानीय चुनावमा राजपा सहभागी हुने सहमति भएको हो । सो सहमति भएसंगै सरकारले अब संसदमा यसअघि नै दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने बाटो खुलेको छ ।

प्रकाशित : 11 August, 2017

प्रतिक्रिया दिनुहोस्