केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेङ्ग्रा खोलामा आएको बाढीका कारण इटहरीका अधिकांश ठाँउ डुवानमा, मोवाईल नेटवर्क पनि अवरुद्ध

सहयात्रा टिभी

इटहरी । ईटहरी बाढीमा डुबेको छ । इटहरीमा अहिलेसम्मकै ठूलो बाढी आएको हो । अविरल वर्षासंगै गएराति टेङ्ग्रा खोलामा आएको बाढीका कारण इटहरीका विभिन्न भागहरु डुवानमा परेका हुन् । बाढीबाट इटहरीको वडा नं. ४, ५, ६ र ७ लगायत अधिकांश वडा डुबेका छन् । टेंग्रा खोलामा पानीको सहज निकास हुन नसकेपछी पानी बस्तीमा छिरेको स्थानियले बताएका छन् ।

बाढीका कारण पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन् । कच्ची घरहरु पनि पुरै डुवेका छन् भने इटहरीका विभिन्न ठाउँका घर, पसल तथा कारखानामा ठूलो आर्थिक क्षती पुगेको छ । बाढीले डुबेको इटहरीमा मोबाइलको नेटवर्क समेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको सबै सेवा अवरुद्ध हुँदा सञ्चारमा इटहरीवासी झनै समस्यामा परेका छन् । मानवीय क्षतीको भने समाचार हालसम्म आएको छैन । शनिवार बिहानै देखि सशस्त्र तथा जनपथ गरी ठूलो संख्यामा सुरक्षाकर्मीहरु उद्धार र राहतको लागि परिचालन गरिएका छन् ।

 

प्रकाशित : 12 August, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्