केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्मचारीले तपाईसंग घूस मागेका छन् ? १०७ मा फोन मात्रै गर्नूस

सहयात्रा टिभी

काठमाडौं । तपाईसँग सरकारी सेवा लिने क्रममा कुनै कर्मचारीले घूस मागेका छन् ? अवदेखि कुनै सरकारी अड्डाका कर्मचारीले उनिहरुले प्रदान गर्ने सेवार्थ घूस मागेर अनावश्यक दुःख दिए भने तपाईले अब सीधा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १०७ नम्वर डायल गरि गुनासो गर्न सक्नुहुन्छ । तपाईकै हातमा भएको मोवाइल वा फोनबाट १०७ नम्वर डायल गर्नु सीधा अख्तियारमा पुग्छ ।

उक्त नम्बरमा फोन गर्दा पैसा लाग्दैन । पछिल्लो समय सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो बढी आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले यस्तो व्यवस्था गरिएको जनाएको छ ।

 

प्रकाशित : 17 August, 2017

प्रतिक्रिया दिनुहोस्