केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतको पश्चिमी महाराष्ट्र राज्यमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या, २०१७ को सुरुदेखि अहिलेसम्म ५८० किसानले गरे आत्महत्या

सहयात्रा टिभी

दिल्ली । भारतको पश्चिमी महाराष्ट्र राज्यमा गएको आठ दिनभित्र कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । यही अगस्त ६ देखि १३ सम्ममा कृषकहरुले बर्षाको समयमा पनि कम बर्षा भएको र बाली उत्पादन घट्ने भन्दै उनिहरुले आत्महत्या गरेको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले जानकारी दिएको छ । किसानले सरकारसंग कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए । उनिहरुको माग पुरा नभएको र उव्जनी कम हुने चिन्तामा उनिहरुले आत्महत्या गरेका हुन् ।

सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रकाशित : 18 August, 2017

प्रतिक्रिया दिनुहोस्