केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विराटनगर विमानस्थलमा १० करोड क्षति भएको प्रारम्भिक अनुमान

सहयात्रा टिभी

मोरङ । विराटनगर विमानस्थलमा १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण विमानस्थलमा ठूलो मात्रामा क्षति पुगेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबार विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गरि विमानस्थल सञ्चालन तथा क्षतिको बारेमा जानकारी गराएको हो । प्राधिकरणले विमानस्थलमा महँगा उपकरण जडान हुने हुँदा झण्डै १० करोड रुपैयाँको क्षति भएको प्रमरम्भीक अनुमान गरिएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार भौतिक स्टक्चर, बल्भ व्यवस्थापन गरि विमानस्थल पहिलाको अबस्थामा आउनको लागि अझै एक महिना लाग्ने बताएको छ । सामान्य हिसावले भने भोलि शनिबारदेखि विराटनगर विमानस्थल सञ्चालनमा आउनेछ । विमानस्थललाई पूर्ण रुपमा सञ्चालन योग्य तुल्याउन विभिन्न मर्मत, नयाँ जडान तथा सरसफाईका कामहरु सम्पन्न गर्न समय लाग्ने भएकोले त्यस अवस्थासम्म विराटनगर विमानस्थल बिहान सूर्योदयदेखि सूर्यास्त पूर्व मात्र सञ्चालनमा आउने जनाईएको छ ।

प्रकाशित : 18 August, 2017

प्रतिक्रिया दिनुहोस्