केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट्रोलियम पाइपलाइन राजधानीसम्म ल्याउनेवारे छलफल सुरु

सहयात्रा टिभी

काठमाडौं । पेट्रोलियम पाइपलाइन राजधानीसम्म ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ । काठमाडौंलाई तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल तथा अध्ययन सुरु भएको हो ।

सो छलफलमा फास्ट ट्याकसम्बन्धी जिम्मेवारी पाएको नेपाली सेनाको युनिट, नेपाल आयल निगम, नेपाल टेलिकम, विद्युत्त प्राधिकरण, बाहिरी चक्रपथ आयोजना, रेल विभाग, सस्पेन्सन ब्रिजलगायत बहुसरोकारवाला निकायको सहभागिता थियो । ओईओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोतिहारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली ग्यास पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेको जनाईएको छ ।

प्रकाशित : 25 August, 2017

प्रतिक्रिया दिनुहोस्