केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु

सहयात्रा टिभी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा शुक्रबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ना ६ ख ३०६० नम्बरको ट्रकले ना १७ प ७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा–११ सिमल्टारका ३० वर्षका कुमार लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : 26 August, 2017

प्रतिक्रिया दिनुहोस्