केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हार्वे तुफान टेक्सासमा ठूलो बाढी, रकपोर्ट शहर बढी प्रभावित

सहयात्रा टिभी

अमेरिका । समुद्री चक्रवाती तुफानका कारण अमेरिकाको टेक्सासको जनजीवन प्रभावित भएको छ । दुई सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको हार्वे नामको तुफान टेक्सासको तटीय क्षेत्र हुँदै प्रवेश गरेको हो । यो तुफानले ठूलो विपत्ति तथा बाढी आउने चेतावनी अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले दिएको छ ।

१२ वर्ष पछि अमेरिकामा आएको यो सबैभन्दा ठूलो समुद्री आँधी हो । आँधीका कारण रकपोर्ट शहर बढी प्रभावित भएको छ । हार्वे आँधीका कारण तटीय क्षेत्रका केही घर भत्किएका छन् भने धेरै रुख ढलेका छन् ।

भत्किएका घरमा मानिस फसेको हुन सक्ने आशंका गरिएको छ भने टेक्सासको तटीय क्षेत्रमा बिजुली सेवा बन्द भएको छ ।

 

प्रकाशित : 27 August, 2017

प्रतिक्रिया दिनुहोस्