केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कैदी नम्बर ८६४७’ अथार्त ‘बलात्कारी’ बाबा राम रहीमको जेल दैनिकी कसरी चल्दैछ ?

सहयात्रा टिभी

काठमाडौं । दुई जना महिलालाई बलात्कार गरेको मुद्दामा १०र१० वर्ष जेल सजाए पाएका धार्मिक आश्रम डेरा सच्चा सौदाका प्रमुख गरमीत राम रहीम अब कैदी नम्बर ८६४७ बनेका छन् । उनलाई सुनारिया जेलमा राखिएको छ ।

हरियाणाको सिरसामा रहेको आश्रममा सुखसयलपूर्ण जीवन बिताएका राम रहीमले अब जेलमा अरु कैदीले जस्तै सामान्य सुविधा पाउनेछन् । हरियाणा राज्यका अतिरिक्त गृह सचिवले राम रहीमलाई पनि जेलको नियम अनुसार नै सेवा सुविधा उपलब्ध गराइएको बताएका छन् ।
राम रहीम आफूले लगाउने कपडाका कारण पनि चर्चित छन् । सामजिक सञ्जालमा उनका थरिथरीका पहिरनको चर्चा हुने गर्दथ्यो । आश्रमसँग नजिक भएका व्यक्तिका अनुसार राम रहीम शाही पहिरन झल्किने कपडा लगाउन मन पराउँथे । तर अब उनले जेलमा कैदीले लगाउने कपडा नै लगाएका छन् । जेल सूत्रका अनुसार राम रहीमले मंगलबार को दिन अरु कैदी सरह नै बिताए ।

गुरमीत सिंह राम रहीमलाई जेलको नियम अनुसर बिहान उठाइयो । बिहान नौ बजे जेलका कर्मचारीले राम रहीमलाई अरु कैदीकै जस्तै दिनचर्या हुने बताए ।
सजाय पाउने सबै कैदीले जेलमा केही न केही काम गर्नुपर्ने हुन्छ । राम रहीमलाई पनि कुनै एउटा काम छान्न विकल्प दिइयो । उनलाई मालीको काम वा जेलमा रहेको कारखानामा काम गर्ने भनेर सोधियो । सुरुमा केही नबोलेका उनको ११ बजे काउन्सिलिङ सुरु भयो । उनी पछि मात्रै काम गर्नका लागि तयार भएका थिए ।
दिउँसो उनलाई रोटी र दाल दिइयो र राति पनि खाना नखाएका उनले दिउँसो पनि खान मानेनन् । तर जेलका कर्मचारीले उनको खाना त्यहीँ छोडिदिए । पछि उनले खाना खाए । गुरमीत राम रहीमले अरु कैदीसँग कुरा गरेनन् । जेल कर्मचारीसँग पनि उनको सीमित कुराकानी मात्रै भयो ।
स्रोत बिबिसी हिन्दी

प्रकाशित : 30 August, 2017

प्रतिक्रिया दिनुहोस्