केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं पनि बाढी, बाढीले बगाएर एकजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । देशभर बाढीवाट ठूलो मात्रामा जनधनको क्षति भईरहेको छ । बुधबार मध्यरातमा भएको वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती लगायतका नदी र खोलाहरुमा ठूलो बाढी आएको छ । बागमतीमा बाढीले बगाएर एकजनाको ज्यान गएको छ । बागमती नदी किनारमा बाढीले बगाएर ल्याएको एउटा शव भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार बिहान तीनकुने नजिकै बागमती नदी किनारामा एक पुरुषको शव भेटिएको हो र उनको सनाखत नभएको प्रहरीले जनाएको छ । बुधवार राती आएको बाढीले काठमाडौंका नदी किनारका केही भाग डुबानमा परेका छन् ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्