माओवादी केन्द्रद्धारा बाढी प्रभावित क्षेत्रमा राहत र पूर्नस्थापनाको काम तिब्र पार्न सरकारसँग माग
सहयात्रा टिभी
बीरगञ्ज । नेकपा माओवादी केन्द्रले तराई—मधेशका बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेको छ । पार्टीको बीरगञ्जमा शनिवार बसेको केन्द्रीय सचिवालय बैठकले बाढीग्रस्त क्षेत्रमा राहत र पूर्नस्थापनाको कामलाई तिब्र पार्न सरकारसँग माग राखेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मूख्यः मधेशकेन्द्रित दललाई प्राथमिकता दिने निर्णय गरेको बताएका छन् । बैठकले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको र यसमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय पनि गरेको छ ।