राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा मंगलबार बेलुका भएको भेटमा प्रधानमन्त्री देउवाले आफ्नो आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भारत भ्रमणका क्रममा प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदा, कोशी परियोजनामा नेपाली नागरिकले पाउनुपर्ने मुआब्जा, डुबान समस्या निराकरण गर्न संयुक्त प्राविधिक टोली बनाउनेलगायतका विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्चसरकारी अधिकारीको समेत उपस्थिति थियो ।

प्रकाशित : 6 September, 2017

प्रतिक्रिया दिनुहोस्