प्रदेश नं. २ मा उत्साहजनक रुपमा उम्मेदवार मनोनयन दर्ता

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको असोज २ गते प्रदेश नंं. २ मा हुने चुनावका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता सुरु भएको छ । यसअघिको दुई चरणको चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी राजपा नेपाल समेत यो चुनवमा सहभागी भएपछि मतदातामा उत्साह छाएको छ । उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा भैरहेको निर्वाचन आयोगले जनाएको छ । ५३ स्थानीय तहमध्ये एक सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज विहान दश बजे देखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको हो।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । असोज २ गते हुने निर्वाचनबाट १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । प्रदेश नंं. २ का आठवटै जिल्लामा बाजागाजा, र्याली र झाँकी सहित उम्मेदवारी दर्ताको काम भैरहेको छ । चुनावका लागि २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र रहनेछन् भने चुनावमा ३१ हजार ५ सय कर्मचारी खटिएका छन् ।

प्रकाशित : 6 September, 2017

प्रतिक्रिया दिनुहोस्