सर्लाहीमा उत्साहजनक उम्मेदवारी दर्ता

सहयात्रा टिभी

सर्लाही । स्थानीय तहको असोज २ मा हुने चुनावका लागि बुधबार सर्लाहीमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाका सबै स्थानीय तहमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सर्लाहीमा ११ वटा नगरपालिका र ९ गाउँपालिका रहेको छ । उम्मेदवारहरुले आफ्ना कार्यकर्ता सहित बाचागाजासहित ¥याली निकालेर नगरपालिका तथा गाउँपालिकामा पुगेर मनोनयन पत्र दर्ता गरेका थिए ।

प्रकाशित : 6 September, 2017

प्रतिक्रिया दिनुहोस्