केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पशुपति क्षेत्रका ढुंगामा सफाइसहित रङ

सहयात्रा टिभी

काठमाडौँ । वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथ मन्दिर मूलढोकाअघिका ढुंगामा सफाइ गरी रङ लगाएर टिलिक्क पारिएको छ ।

पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूलढोकाअघि सफाइ गरिएको हो । दिउँसो दर्शनार्थीको भीड हुने भएपछि राति सफाइ गरी रङ लगाइएको महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिनुभयो ।

भक्तजन कम भएपछि बेलुकी ८ देखि राति २ बजेसम्म मन्दिर परिसरमा रहेको ढुंगेधारा, लाख बत्ती बाल्नेस्थल र पश्चिम मूलढोका अगाडिका ढुंगामा सफाइ यन्त्रले पुछेर पालिस लगाइएको उहाँले बताउनुभयो । राति सफाइसहित रङ लगाइएकाले बिहान भक्तजन जानुअघि सुकेको छ ।

पशुपति मन्दिरभित्र पनि यसैगरी सफाइ गर्ने कार्यक्रम रहेको सफाइ महाअभियानले जनाएको छ । मन्दिरभित्र बहुमूल्य गहनालगायत पुरातात्विक सम्पदाका चिजबिज भएकाले कोषसँग सम्झौता गरी सफाइसहित पालिस लगाउने कार्यक्रम रहेको जनाइएको छ ।

हिन्दूको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न दैनिक हजारौँ नेपाली तथा भारतीय दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्