गृहमन्त्रीबाटै आयोगले दिएको आचारसंहिता उल्लंघन

सहयात्रा टिभी

सिमरा । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता गृहमन्त्रीवाटै उलंघन भएको छ । गृहमन्त्री जनार्दन शर्माले आयोगले जारी गरेको आचारसंहिता उलंघन आइतबार बिहानैदेखि नेकपा माओवादी केन्द्रले बाराको विभिन्न स्थानमा आयोजना गरेको चुनावी सभामा सहभागी भएका छन् । गृहमन्त्री शर्माले जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा सम्बोधन गर्दै आफ्नो पार्टीका उम्मेदवारलाई खुलेरै भोट मागेका छन् ।

सरकारका गृहमन्त्रीनै चुनावी सभामा सहभागी भएर माओवादी उम्मेदवारलाई भोट माग्दै हिँडेको देखेपछि अन्य राजनितिक दलका कार्यकर्ता र स्थानीयले भने असन्तुष्ट जनाएका छन् । सरकारी पक्षबाट बारामा आचासंहिता उलंघन भएको यो दोस्रो घटना हो । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

प्रकाशित : 10 September, 2017

प्रतिक्रिया दिनुहोस्