न्याय परिषदद्धारा एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

सहयात्रा टिभी

काठमाडौं । न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्यायपरिषद्को बुधबारको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति एकैपटक सिफारिस गरेको हो । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ ।

न्याय परिषद बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।

JudicialCouncil

 

प्रकाशित : 13 September, 2017

प्रतिक्रिया दिनुहोस्