धनुषामा उत्साहपूर्वक रुपमा मतदान हुदै

सहयात्रा टिभी

धनुषा । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा सोमबार विहानैदेखि सम्यमित ढंगले मतदान सुुरु भएको छ । दिउसोमा अत्याधिक गर्मी हुने भएकाले बिहान ७ बजे देखिनै मतदाताहरु उत्साहपूर्वक रुपमा मतदानका लागि मतदान केन्द्रमा पुगेका थिए । धनुषा जिल्लामा १८ स्थानीय तहका लागि ३ सय २७ मतदानस्थल र ५ सय ३२ मतदान केन्द्रमा विहानैदेखि मतदान सुरु भएको निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले बताइन् ।

प्रकाशित : 18 September, 2017

प्रतिक्रिया दिनुहोस्