सिरहाको ९ वडामा माओवादी, २ वटा वडामा एमाले र एक एक वटा वडामा काग्रेस र संघीय समाजवादी फोरम विजयी

सहयात्रा टिभी

सिरहा । सिरहाको गोलबजार नगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रले जित हांसिल गरेको छ । माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४ सय ४३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार श्रेष्ठले ५ हजार ८९ मत मात्रै प्राप्त गरे ।

त्यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रकै रेशमकुमारी थापाले ६ हजार ३ सय ४९ मतले विजयी भईन् भने, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुनितादेवी सिंहले ४ हजार ९ सय २५ मत मात्र प्राप्त गरिन् ।

त्यस्तै, गोलबजार नगारपालिकाका १३ वडामध्ये ९ वडामा माओवादी केन्द्र, २ वटा वडामा नेकपा एमाले र एक एक वटा वडामा नेपाली काग्रेस र संघीय समाजवादी फोरम विजयी भएका छन् ।

त्यस्तै, लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साहले ४ हजार ४ मत प्राप्त गरी अध्यक्षमा निर्वा्चित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरानन्द ठाकुरले ३ हजार २ सय ४५ मत मात्र ल्याएका छन् ।

त्यस्तै, लहान नगरपालिका मेयरमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३ सय ७ मतसहित निर्वा्चित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अचमितलाल चौधरीले ९ हजार १ सय ३१ मत मात्र प्राप्त गरे ।

प्रकाशित : 23 September, 2017

प्रतिक्रिया दिनुहोस्