टेलिकमका फोर जी ग्राहक पाँच लाख : डोल्पा र हुम्लामा पनि सेवा विस्तार

सहयात्रा टिभी

काठमाडौं । विश्व नै अहिले आधुनिकिकरणतर्फ दौडिरहेका वेला नेपाल जस्तो सानो देश भएपनि त्यसवाट पक्कै पनि अछुतो भने छैन । दिनानुदिन वढिरहेको नयाँ नयाँ टेक्नोलोजीसंगै नेपालले आफूलाई विस्तार गरि लगिरहेको छ । देशको दुरदराजसम्म तपाई हाम्रो हात हातमा  पुगिसकेको नेपाल टेलिकमको सेवासंगै अव सो सेवालाई अझ विस्तार गर्ने उद्धेश्यलने नयाँ नयाँ टेक्नोलोजी नेपाल टेलिकमले भित्र्याईरहेको छ । नेपाल टेलिकमले गत पुसवाट फोर जी सेवा थालेपछि कम्पनीको डाटा खपत दर ह्वात्तै बढेको छ । टेलिकमको फोरजी सेवाका कारण पहिलेको तुलनामा डाटा खपतदर ७० प्रतिशत बढेको टेलिकमले जनाएको छ ।

टेलिकमले सो सेवा विस्तार गरेको एकवर्षे कार्यकालको समीक्षा गर्दै शुक्रवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमका महाप्रवन्धक कामिनीराज भण्डारीले देशका उपमहानरपालिकाहरुमा फोरजी सेवा विस्तारका लागि टेण्डर गर्न अन्तिम तयारी भइरहेको बताउनु भयो । उहाँले काठमाडौं र पोखरामा ५ लाख ग्राहकले फोरजी सेवा लिइएको जानकारी समेत दिनुभयो । हाल देशभर फोरजी सञ्चालनका लागि बोलपत्र आव्हान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ, टेलिकमका महाप्रवन्धक भण्डारीको भनाई थियो ।

डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा थ्रीजी सेवा विस्तारसंगै टेलिकमले त्रिवि शिक्षण अस्पतामा फ्री वाइफाई समेत सुरु गरेको छ । टेलिमकले मोबाइल वित्तीय सेवा संचालन गर्न सहायक कम्पनी स्थापना गर्ने र अन्य कम्पनीसँगको सहकार्य सुरु गर्ने पनि बताएको छ ।

अप्टिकल फाइवर पुर्‍याउन सम्भव नभएको स्थानमा माइक्रोवेभ ट्रान्समिसन विस्तार गर्न लागिएको छ भने प्रिपेड सेवाग्राहीका लागि एयर टाइम क्रेडिट म्याजेमेन्ट संचालनमा ल्याउने कार्य अघि बढाइएको महाप्रवन्धक राजभण्डारीले बताउनुभयो ।

प्रकाशित : 24 September, 2017

प्रतिक्रिया दिनुहोस्