केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तर्राष्ट्रिय विमानस्थल कस्तो हुनुपर्ला ? देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल जहां दर्ता नै नभएका सवारी चल्छन्, पत्याउनुहुन्छ ?

सहयात्रा टिभी

काठमाडौं । देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्यो पनि अति संवेदनशिल मानिन्छ अन्तर्राष्ट्रिय विमानस्थललाई । कस्तो हुनुपर्ला अन्तर्रा्ष्ट्रिय विमानस्थल ? सुविधा सम्पन्न, नियम कानुनसम्मत अनि सुरक्षित पनि । तर हाम्रो विमानस्थल, त्यो पनि देशकै अन्तर्रा्ष्ट्रिय विमानस्थल तर यहां दर्ता नै नभएका सवारीसाधन खुलेआम चल्छन् भनेको सुन्दा जो कोहि पनि अचम्मित नहुने कुरै भएन । हो देशकै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दर्ता नभएका सवारी सञ्चालन भईरहेको भेटिएको छ । देशको एक मात्रै अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भारतीय नम्बर प्लेटका सवारी समेत प्रयोग भएको पाईएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए ।

अवैधानिक रुपमा विमानस्थलमा एयर इन्डियाले दर्ता नगरेका भारतीय नम्बर प्लेटका सवारीसाधन त्रिभुवन विमानस्थलमा प्रयोग गरिरहेको अनुगमनमा फेला परेको बताईएको छ । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले पनि कानुनको उलंघन गर्दै दर्ता नगरिएका सवारी प्रयोग गरेको छ । त्यस्तै, निजी हवाई सेवा प्रदायक बुद्ध एयरलाइन्सले विमानस्थभित्र सरकारले प्रतिबन्ध लगाएको ट्याक्टर प्रयोग गरिरहेको अवस्थामा फेला परेको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विमानस्थल जस्तो अति संवेदनशील ठाउँमै अवैधानिक सवारी प्रयोग बन्द गराउन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयलाई बारम्बार पत्राचार गर्दा पनि अटेर गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पत्रचार गरिएको भट्टराईले बताएका छन् ।

प्रकाशित : 4 October, 2017

प्रतिक्रिया दिनुहोस्