चुनाव लड्नका लागि राजदूतले दिए राजीनामा
सहयात्रा टिभी
काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । सामाजिक जीवनमा फर्कनका लागि भन्दै राजदूत उपाध्यायले शुक्रबार पदबाट राजीनामा दिएका हुन । तर मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कने बताइएको छ ।
राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका थिए ।