पूर्व डीआईजी सिलवाल एमाले प्रवेश

सहयात्रा टिभी

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा पार्टीमा प्रवेश गर्नेहरुको संख्या पनि धमाधम बढ्न थालेको छ । पछिल्लो समय नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ । यसक्रममा नेपाल प्रहरीको पूर्व डीआईजी नवराज सिलवालले पनि एमाले प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र खादा लगाएर स्वागत गरे । डीआइजीबाट राजीनामा दिएका सिलवालले औपचारिक रुपमै राजनीतिक यात्रा सुरु गरेका छन् ।

डीआईजी सिलवालले पदबाट राजीनामा दिएपनि अहिले सम्म उनको राजीनामा स्वीकृत भएको छैन । नेपाल प्रहरीको महानिरीक्षकको दौडधुपमा रहेका सिलवालले सरकारले वरियताक्रममा उनी भन्दा पछि रहेका जयबहादुर चन्दलाई महानिरीक्षक बनाएपछि सर्वोच्च रिट दायर गरेका थिए । तर, सर्वोच्चले सरकारी निर्णयलाई सदर गर्दै सिलवालको मुद्दा खारेज गरिदिएपछि उनले डीआईजी पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : 6 October, 2017

प्रतिक्रिया दिनुहोस्