सम्बन्धनको बेला सीटीईभीटीमा करोडौंको खेल

सहयात्रा टिभी

काठमाडौ । दुई दर्जनभन्दा बढी विवादास्पद कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुले शुक्रबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)मा तालाबन्दी गरेका छन ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रत्यक्ष सम्लग्नतामा सीटीइभीटीअन्तर्गत करिब दुई दर्जनभन्दा बढी विवादास्पद कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

करोडौंको चलखेल गरेर नियमविपरीत सम्बन्धन बाँड्न लागेको भन्दै क्रान्तिकारीले सीटीईभीटीमा ताला लगाउनुका साथै महत्वपूर्ण कागजात नियन्त्रणमा लिएका छन् ।

सम्बन्धन दिने निर्णय गरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव एवं सीटीइभीटी समन्वय समितिका अच्युत भट्टले चेतावनी दिएका छन । शुक्रबार बसिरहेको सीटीइभीटीको परिषद् बैठकले सम्बन्धन दिने निर्णय नगरे नियन्त्रणमा लिएको कागजात फिर्ता गरिने उनको भनाई छ ।

 

प्रकाशित : 6 October, 2017

प्रतिक्रिया दिनुहोस्