पर्यटन मन्त्री देवद्वारा स्पष्टीकरण पेश

सहयात्रा टिभी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण बुझाउनुभएको छ ।

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले पर्यटनमन्त्री देवले आज आयोगमा उपस्थित हुनुभई स्पष्टीकरण बुझाउनुभएको जानकारी दिनुभयो ।

आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हँुदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रकाशित : 9 October, 2017

प्रतिक्रिया दिनुहोस्