आगलागीबाट रु ३ लाखको क्षति

सहयात्रा टिभी

विराटनगर । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ ।

मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली रु एक लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै सुनसरीको इनरुवा–७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहिई आगलागी हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित : 10 October, 2017

प्रतिक्रिया दिनुहोस्