मधेशीलाई मधेशी दलको विकल्प छैनः यादव

सहयात्रा टिभी

महोत्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताउनुभएको छ ।

कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आउनुभएका अध्यक्ष यादवले आज बिहान पत्रकारसँग कुरा गर्दै आगामी निर्वाचनमा तराई मधेशमा पार्टी पहिलो भए मात्र मधेशीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गर्नुभयो ।

उहाँले मधेशीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेशी दलको विकल्प छैन भन्नुभयो ।

प्रकाशित : 10 October, 2017

प्रतिक्रिया दिनुहोस्