ठूला दललाई समानुपातिक उम्मेदवार छान्नै सकस

सहयात्रा टिभी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची दलहरुले आइतबार निर्वाचन आयोगमा बुझाउनुपर्ने छ । तर समानुपातिक उम्मेदवार छान्न सवै दलका शिर्ष नेताहरुलाई सकस परेको छ ।
विधानतः १५ सदस्यीय संसदीय समिति गठन गर्न सक्ने प्रावधान भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए । तर, वरिष्ठ भएर पनि डा।शेखर कोइराला समितिमा नपरेपछि कोइराला परिवारमै हल्लीखल्ली भयो । कांग्रेस महामन्त्री डा. शशांक कोइराला उम्मेदवार छान्ने समिति बैठकमा लगातार कोइराला नगएपछि देउवाले शनिबार समितिमा डा।शेखर कोइराला, मानबहादुर विश्वकर्मा, डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर र एनपी साउदको नाम थप गरेका छन् । पाँचजना थपिएपछि संसदीय समिति २२ सदस्यीय पुगेको छ ।

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा बढी भएपछि कांग्रेसलाई सकस परेको छ ।

त्यस्तै, एमालेमा पनि प्रदेश र प्रतिनिधिसभाका मानुपातिकतर्फका उम्मेदवार टुंग्याउन ‘महाभारत’ देखिएको छ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस आएको एमालेले जनाएको छ । बन्दसूची पेस गर्ने दिन आइतबारसम्म टुंगो लगाउने गरी स्थायी समितिमा औपचारिक छलफलसमेत भएको छैन ।

यता, माओवादी केन्द्रलाई प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ ।आजको नयाँ पत्रिका दैनिकमा उल्लेख छ ।

प्रकाशित : 15 October, 2017

प्रतिक्रिया दिनुहोस्