केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेवातालमा छवटा प्याराग्लाइडिङ खसे, यात्रु र पाइलट सकुशल

सहयात्रा टिभी

कास्की । पोखराको फेवातालमा छवटा प्याराग्लाइडिङ खसेका छन् । सराङकोटबाट उडेका यात्रुसहितका छवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको थियो ।

पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिनुभयो ।

प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धारकर्मीहरूले डुंगाको सहायताले तत्कालै उद्धार गरेका थिए ।
एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्धार गरेका थिए ।

गुरुङले अस्पताल लैजानुपर्ने घाइते कोही पनि नभएको जानकारी दिनुभयो । यद्यपी प्रहरीले एकजना चिनियाँ यात्रुलाई मेट्रो सिटी अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

प्रकाशित : 16 October, 2017

प्रतिक्रिया दिनुहोस्