झापाको विर्तामोडमा गोली लागि दुईको मृत्यु, दिउँसो साढे १ बजेबाट अनिश्चितकालिन कर्फ्यू

सहयात्रा टिभी

झापा । झापाको विर्तामोडमा प्रहरीको गोली लागि २ जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा ११ का नरेश थापाको प्रहरीको गोली लागि मृत्यु भएको हो । गोली लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको झापाको विर्तामोडमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कर्फ्यु लगाएको हो । तर, आक्रोशित सर्वसाधारणले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् । आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय नजिकै रहेका दर्जनौ सवारी साधन आगजनी समेत गरेका छन् ।

स्थानीय प्रशासनले पुर्वमा वसपार्क, पश्चिममा चारपने, उत्तरमा माहानन्द चोक र दक्षिणमा विर्ताबजारसम्म कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिनुभयो ।

आज दिउसो १:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको केसीले जानकारी दिनुभयो ।

पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको उहाँले बताउनुभयो ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कफ्र्यू जारी गरेको हो ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।

याे पनि पढ्नुहाेस् 

प्रकाशित : 27 October, 2017

प्रतिक्रिया दिनुहोस्