धादिङ बस दुर्घटनाका १५ घाइतेको परिचय (नामावली सहित)

सहयात्रा टिभी

धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली रात्री बस त्रिसुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या हालसम्म २० पुगेको प्रहरीले जनाएको छ ।

अधिकांश मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ३० भन्दा बढि बेपत्ता भएका छन् । उनिहरुको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।

घाइते हुनेहरुको सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर अमन ठाकुर, श्रवण कुमार ठाकुर, उद्धब ठाकुर, सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी, दुर्गा नन्द यादब, नितिदिता चौधरी, सुगम चौधरी, सन्तोश सरदार , बिहार मधुवनका मनोज ठाकुर, गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब भएको खुलेको छ ।

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्