त्रिशूली बस दुर्घटना : ३१ को मृत्यु, २० को सनाखत (पछिल्लो अपडेट)

सहयात्रा टिभी

धादिङ । धादिङको गजुरीमा शनिबार बिहान त्रिशुली नदीमा यात्रुबाहक रात्री बस खस्दा ३१ जनाको ज्यान गएको छ । ज्यान जाने २० जनाको सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान जानेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ की ३५ वर्षकी सिसिपी कुमारी झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षका रञ्जितकुमार झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ का ६ वर्षका आदित्य यादव, बोदेबर्साइन गाउँपालिका वडा नम्बर ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेया निवासी २४ वर्षका रामान्द यादव, २५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरी, गाडी सहचालक सप्तरी जिल्ला देउरीमरुवा निवासी नरेश मुखिया, राजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झा, सिरहा गोलबजार ८ का ५० वर्षका राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए ।

यसैगरी, सप्तरी जिल्ला कृष्णसबरन गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका सुधिरा यादव, कृष्णसबरन गाउँपालिकाका ५ वर्षकी सदिक्षा यादव, सप्तरी बसेज निवासी ३० वर्षका सुरेन्द्र चौधरी, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ की अस्की कुमारी यादव, राजविराज नपा वडा नम्बर १३ का ऋषि आनन्ददेव, सिरहा नगरपालिकाका ३० वर्षका उदय मंडल, सप्तरी महादेवा गाउँपालिका वडा नम्बर ९ का प्रमोद इसार, राजविराज नगरपालिका वडा नम्बर १४ का २० वर्षका आदित्य झाको सनाखत भएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएको थियो । घाइते हरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्