अंश विवादका कारण दुई छोराद्धारा बाबुको हत्या

सहयात्रा टिभी

बारा । बारामा जग्गाको अंश सम्बन्धी विवादलाई लिएर आफ्नै दुई छोराहरु मिलि बाबुको हत्या गरेका छन् । मंगलवार बिहान ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वा्शिरा निवासी ५५ वर्षका हीरालाल महतोलाई उनका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकोमा हान्दा उनको मृत्यु भएको थियो । गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त दुई छोरा सुशील र सुनिलललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : 31 October, 2017

प्रतिक्रिया दिनुहोस्