केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मा‌ओवादी नेता बालकृष्ण ढुंगेल डिल्लीबजार कारागार चलान

सहयात्रा टिभी

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । उनले १२ वर्ष ५ महिना २२ दिन जेलमा बस्नु पर्ने छ ।

जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।

ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते सदर गरेको थियो ।

यो पनि पढ्नुहोस्…

प्रकाशित : 31 October, 2017

प्रतिक्रिया दिनुहोस्