जन्मकैदको सजायँ पाएका माओवादी नेता ढुंगेल पक्राउ, ढुंगेललाई जिल्ला अदालत लगिँदै

सहयात्रा टिभी

काठमाडौं । माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायँ पाएका नेता ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । नेता ढुंगेललाई ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ । सर्वोच्चले दिएको आदेशको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् । हत्यामा दोषी ठहर भइ पक्राउ परेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई फैसला कार्यान्यनका लागि जिल्ला अदालत काठमाडौं लगिने भएको छ ।

प्रकाशित : 31 October, 2017

प्रतिक्रिया दिनुहोस्