केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विप्लव नेतृत्व कार्यकर्ताले मतदाता शिक्षा सामाग्री एवं उम्मेदवारका प्रचार सामाग्री जलाए

सहयात्रा टिभी

सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले मतदाता शिक्षा सामाग्री कब्जा गरि जलाइदिएका छन् । त्यस्तै उनिहरुले उम्मेदवारका प्रचार सामाग्री पनि कब्जा गरी जलाएका छन् । चुनाव खारेजीको अभियान लिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र वाम गठबन्धनतर्फका उम्मेदवारका प्रचार सामाग्री जलाएको जानकारी दिएको छ ।

जिल्लाको बागचौर नगरपालिका–३ खालीमा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताका साथमा रहेको पर्चा पम्पलेट खोसेर जलाएको नेकपा सल्यानका जिल्ला इन्चार्ज डिल्लिराज शर्मा विश्वले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस विषयमा आफूलाई आधिकारिक रुपमा जानकारी नआएको जनाएको छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्