केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माइक्रोको ठक्करले दम्पतिको मृत्यु

सहयात्रा टिभी

झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका–१ जुके कलभर्टमा माइक्रो बसले ठक्कर दिंदा शुक्रबार एक दम्पतिको ज्यान गएको छ । माइक्रो बसको ठक्करबाट दमक नगरपालिका–३ का ५३ वर्षीय रङ्गलाल ढकाल र उनकी श्रीमती ५२ वर्षीया मनमाया ढकालको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिम गइरहेको बा ३ ख ५८८७ नम्बरको माइक्रो बसले शुक्रबार विहान ठक्कर दिएको थियो । माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्