ट्वाइलेट पेपर बोकेको जिपबाट भन्सार छलेर ल्याउदै गरेको १७ किलो सुनसहित एक पक्राउ

सहयात्रा टिभी

रसुवा । पछिल्लो समय नेपाल तस्करीको ट्रान्जीट प्वाईन्ट बनिरहेको छ । कहिले लागू औषध त कहिले सुन तस्करीका घटना प्रायः दिनहुं जस्तो भईनैरहन्छन् । यस्तै क्रममा, आज प्रहरीले रसुवागढी नाकाबाट १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङका ३१ वर्षका कार्साङ दावा तामाङ रहेका छन्।

प्रहरीले बा ११ च ७९ १८ नम्बरको बोलेरो जिपबाट भन्सार छलेर लुकाई ल्याउदै गरेको उक्त परिमाणको सुन बरामद गरेको हो । प्रहरीले जिप र जिप चालक तामाङलाई प्रक्राउ गरेको छ । ट्वाइलेट पेपर बोकेको गाडीबाट भन्सार छलेर भित्र्याइएको सुनसहित तामाङलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीले विशेष सुराकीको आधारमा सुन तस्कर तामाङलाई पक्राउ गरेको हो ।

प्रकाशित : 18 November, 2017

प्रतिक्रिया दिनुहोस्