तिब्बतमा ६ दशमलव ९ रेक्टरको भूकम्प

सहयात्रा टिभी

एजेन्सी । चीनको तिब्बत निङ्ची क्षेत्रमा ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ३४ मिनेटमा भूकम्प गएको जनाईएको छ । उक्त क्षेत्रमा बसोबास नभएकाले मानवीय क्षति भने नभएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पपछि अहिलेसम्म निरन्तर रुपमा ५ रेक्टर स्केलसम्मका परकम्प आइरहेका छन् । चीनको राजधानी बेइजिङ र छिमेकी प्रान्तहरुबाट उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीको टोली पुग्ने क्रम जारी रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : 18 November, 2017

प्रतिक्रिया दिनुहोस्