वाम गठबन्धनका कार्यकर्तामाथि आक्रमण, तीन जना गम्भिर

सहयात्रा टिभी

नुवाकोट । नुवाकोटको फिकुरीमा कांग्रेस कार्यकर्ताहरुले वाम गठवन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन् । आक्रमणमा परी तीन जना गम्भिर घाइते भएका छन् ।

आक्रमणमा परी वामगठवन्धनका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले बताए । तीनै जनाको सदरमुकाम विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरी कार्वाही थालेको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तर पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीमा आइतबार राति वाम गठवन्धनको निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा एमाले तथा माओवादी कार्यकर्ताहरुमाथि बाटोमा लुकेर बसेका लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएको प्रत्यक्षदर्शी बीरवल तामाङले जानकारी दिए ।

घटनामा संलग्न तीन जनालाई नुवाकोट प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । प्रहरीले किस्पाङ गाउँपालिका वडा नं. ३ का २३ वर्षीय सन्तबहादुर लामा र रसुवाको उत्तरगया गापा वडा नं. ३ का ३१ वर्षीय सुनिल लामालाई पक्राउ गरी कार्वाही शुरु गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्