गाडीको ठक्करले पैदलयात्रीको मृत्यु भएपछि अरनिको राजमार्गमा तनाव

सहयात्रा टिभी

काभ्रे । गाडीको ठक्करले एक पैदलयात्रुको ज्यान गएपछि अहिले अरनिको राजमार्ग अन्तर्र्गतको काभ्रेको बनेपा तनावग्रस्त बनेको छ ।
पैदलयात्रुको मृत्युपछि स्थानीय राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएपछि काभ्रेको बनेपा–१० जनागाल तनावग्रस्त बनेको हो ।

काभ्रेको बनेपा–१० जनागालमा बा १८ च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिंदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको छ । विष्टको मृत्युपछि उनका आफन्त र स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।
विष्टका आफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

स्थानीयको भिडलाई नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडकमा फुटपाथको व्यवस्था गर्न, सडकमा ट्राफिक विटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

 

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्