देशभर चिसो बढ्दै, जाडो शुरु भएको संकेत

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौं उपत्यकासहित देशभरी नै चिसो बढ्दै गएको छ । काठमाण्डौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाण्डौंको तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको हो । राति आकाश खुलेको तथा जाडो महिना शुरु भइसकेकाले देशभरीकै न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।

अब देशभरी नै विस्तारै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै जाने जनाइएको छ । गएको २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेसँगै सर्वसाधरणको दैनिकीमा समेत प्रभाव पर्न थालेको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्