विप्लव माओवादीका दुई कन्द्रीय नेता पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । प्रहरीले पछिल्लो पटक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका दुई केन्द्रीयस्तरका नेता पक्राउ गरेको छ । पर्सा प्रहरीले वीरगञ्जबाट मंगलबार कम्युनिष्ट पार्टीका एक नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको अपराध अनुसन्धानको विशेष टोलीले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारीलाइ पक्राउ गरेको हो ।

पूर्व सांसद समेत रहेका हवारीलाई प्रहरीले वीरगञ्जको रानीघाटस्थित उनको घरबाटै मंगलबार बिहान नौ बजेतिर पक्राउ गरेको जनाएको छ । प्रहरीले सोधपुछका लागि हवारीलाई नियन्त्रणमा लिएको बताएको छ ।

निर्वाचनलाई लक्षित गरी विभिन्न जिल्लामा बम विष्फोट गराउँदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि विशेष निगारानी राखेको पर्सा प्रहरीले यसअघि नेपाल कम्युनिष्ट पार्टीका भोजपुरा राज्य जनपरिषद् प्रमुख बिग्गा चौरसीयालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्