बाघको आक्रमणबाट महिला सख्त घाइते

सहयात्रा टिभी

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै संरक्षित सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिला सख्त घाइते भएकी छिन् ।
सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका–३ कि ५० वर्षीया दलित महिला विष्णु बुढाथोकी सख्त घाइते बनेकी हुन् ।

घाँस काट्न सँगै गएका साथीहरुले होहल्ला गरेपछि बाघले घाइते अवस्थामा महिलालाई छाडेको स्थानीय हरि गुरुङ्गले जानकारी दिएका छन् । बाघको आक्रमणबाट घाइते महिलाको घाँटीमा र खुट्टामा गहिरो चोट लागेको छ । घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्