न्यूरोड र स्वयम्भूबाट सर्वोच्चमा बम राखिएको खबर

सहयात्रा टिभी

काठमाण्डौं । सर्वोच्च अदालतमा बम राखिएको जानकारी न्यूरोड र स्वयम्भूबाट आएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।
सर्वोच्च अदालतमा बम राखिएको फोन न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमार्फत आएको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

मंगलबार न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमको फोनमार्फत सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सचिवालय बम राखिएको भन्दै सबैलाई सर्तक हुन भनिएको पाइएको छ । ‘बम राखेको खबर दिने नम्बरको आधारमा प्रारम्भिक अनुसन्धान शुरु गरेका छौं’–अनुसन्धानमा संलग्न एक प्रहरीले भने–‘थप अनुसन्धान भइरहेको छ ।’

अपरिचित फोनबाट बम राखेको खबर आएपछि मंगलबार सर्वोच्च अदालतको सबै काम स्थगित गरियो । सुरक्षाकर्मीले सर्वोच्च अदालत परिसरमा खाजविन गर्दा कतै यस्तो शंकास्पद वस्तु फेला नपरेपछि उक्त फोन जानकारी गलत पुष्टि भएको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्